धादिङ, सवारी दुर्घटनामा २ जनाको मृत्यु ३० जना घाईते

भदौ-२७ रोराङ गाँपालिका-५ बिशालटार मोड स्थित पृथ्विलोक मार्गमा काठमाण्डौबाट त्रिवेनी नवलपरासी तर्फ जाँदै गरेको लु १ ख ६६२३ नं.को यात्रु बाहक बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १००/१५० मिटर तल खस्न गई दुर्घटना हुँदा ३२ जना मानिसहरु घाईते भई उपचारको लागि स्टार अस्पताल काठमान्डौ, ट्रमा सेन्टर काठमान्डौ, मलेखु अस्पताल धादिङ र गजुरी अस्पताल धादिङ पठाईएकोमा ट्रमा सेन्टर काठमान्डौमा उपचारको क्रममा २ जान पुरुषको मृत्यु भएको, बस चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भई रहेको ।