बाढी र लेदो आई सवारी साधन बगाई लगेको

सिन्धुपाल्चोक, भदौ-२६ अन्दाजी ०२:३० बजेको समयमा अबिरल बर्षाको कारण बाहृबिसे नगरपालिका वडा नं. -६ बोर्डर ल्यान स्थित रहेको मध्य भोटेकोशी हाईड्रो पावर कम्पनिको चाईनिजको १ नं सुरुङ स्थितमा पार्कीङ गरी राखेको चाईनिजको ६ नं को टिफर, बा ७१ प ६१३२ नं को मो.सा र बा १४ च ५६८१ नं को बलेरो जिप समेत ऐ. स्थित रहेको ठाडो खोला बाट बाढी र लेदो आई उक्त गाडीहरु पुरीएको , प्रहरी र हाईड्रो पावरका कर्मचारीहरु मिली उक्त गाडीहरु निकाल्ने कार्य भई रहेको ।