सामान्य परिचय

       यस मध्य क्षेत्रीय प्रहरी कार्यालय २०२४/०३/२३ गते काठमाण्डौ भृकुटीमण्डप स्थित स्थापना भएको र प्र.ना.म.नि.मान बहादुर राई प्रथम क्षेत्रीय प्रहरी प्रमुख हुनु भएको । उक्त समयमा २६ जनाको दरबन्दी रहेको । २०५४ चैत्र महिनामा रानीपोखरीमा नयाँ कार्यालय भवन निर्माण भई उक्त भवनमा सरेको हो । तत्कालीन श्री ५ को सरकारको २०५४/०५/०५ को निर्णयले यस कार्यालय मकवानपुर हेटौडामा स्थानान्तरण भई २०५४/०५/११ गते हुप्राचौरमा कार्यालय भवन भाडामा लिई कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरिएको । यस कार्यालयको एरिया पूर्व र दक्षिणमा राप्ती खोला, उत्तरमा लोकमार्ग र पश्चिममा दंगा नियन्त्रण प्रहरी गण हेटौडा रहेको छ ।

       यस कार्यालय नारायणी अंचल, मकवानपुर जिल्ला, हेटौडा उप- महानगरपालिका वडा नं -११ थानाभर्याङ्ग स्थित लोकमार्गबाट अ. १५० मिटर दक्षिण तर्फ अवस्थित रहेको छ ।

       यस कार्यालय भवन पश्चिम मोहडाको ३ तल्ला र २१ कोठाको छ । कार्यालय भवन अगाडि क्वाटरगार्ड भवन, दुर्गा मन्दिर, मेनगेट छ । केही दक्षिण पश्चिम तर्फ प्र.ना.म.नि.को निवास पूर्वपट्टी व्यारेक, मेश, संचार, सवारी मर्मत, हात हतियार मर्मत, मोटर ग्यारेज रहेको छ ।

       यस कार्यालयबाट अं.प्र.का.३, म.क्षे.प्र.ता.के. दुधौली, जि.प्र.का.१६ (मध्य क्षेत्र), सशस्त्र प्रहरी गण नं.३ रातोमाटे, दंगा नियन्त्रण प्रहरी गण हेटौडा, म.क्षे.प्र.आ.मा.वि. गरुडा, म.क्षे.ट्रा.प्र.का. पथलैया, जि.ट्रा.प्र.का.१६ को काम कारवाही, परिचालन, सरुवा, बढुवा, पदस्थापना, कारवाही, पुरस्कार, काज, रवाना आदि परिचालन गरिन्छ । हाल यस कार्यालयको कुल दरबन्दी संख्या प्र.ना.म.नि.१ प्र.उ.१ प्र.ना.उ.३ प्र.नि.७, प्र.ना.नि.१५ प्र.स.नि.१८ प्र.ह.२५ प्र.ज.२८ प्र.प.३ गरी जम्मा १०१ जना छ ।  औठाछाप तर्फ २ जनाको दरबन्दी भए तापनि औठाछाप सम्बन्धी काम कारवाही हुन सकेको छैन ।

स्थापना : २०२४।०३।२३ गते, भृकुटीमण्डप, काठमाण्डौ
स्थानन्तरण : २०५४।०५।११ गते हेटौंडा, मकवानपुर
अंचल प्रहरी कार्यालय : ३ (बाग्मती, नारायणी, जनकपुर)
गण : २ (द.नि.प्र.गण, स.प्र.गण नं ३)
क्षे.ट्रा.प्र.का. : क्षे.ट्रा.प्र.का. पथलैया
स्कुल : म.क्षे.प्र.अ.मा.बि., गरुडा
अक्षांस : २७ डि. २५'४५.८३ (उ)
देशान्तर : ८५ डि. ००'३८.७८ (द)
चार किल्ला :
पूर्व : पूर्व क्षेत्र
पश्चिम : पश्चिम क्षेत्र
 उत्तर : चिन
दक्षिण : भारत

प्रहरी युनिट संख्या : कुल ५८२
प्रहरी दरवन्दी संख्या : १३,३८१
जनसंख्या (२०६८) : ७१,३९,९६२
क्षेत्रफल : २६,५११ (वर्ग कि.मि.)
प्रहरी र जनसंख्या अनुपात : १:५३४
प्रहरी र क्षेत्रफल अनुपात : १:२ वर्ग कि.मि.
महानगरपालिका :
उप-महानगरपालिका  
नगरपालिका : ५४
गाँउपालिका : १३१
निर्वाचन क्षेत्र : ६६
सिमा स्तम्भ : २,७६२