मध्य क्षेत्र सशस्त्र प्रहरी गण नं.३, रातोमाटे

कार्यालय प्रमुख : प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारी

एरियाको परिचय

         बिशेषगरी मध्यमाञ्चल बिकास क्षेत्र भित्रको २६,५११ वर्ग कि.मी.क्षेत्रफल तथा ६३,९०,३३५ (२०५८ सालको जनगणना अनुसार) जनसंख्याले (उपत्यकाको ३ जिल्ला बाहेक) ओगटेको यस मध्य क्षेत्र प्रहरी कार्यालय मातहतका ३ अञ्चल तथा १६ जिल्लाहरुको शान्ति सुरक्षार्थ थप मद्दतको लागि मिति २०४६/०४/३२ गते स्थापना भएको यस गण ७ विघा १२ कठ्ठा ३ धुर क्षेत्रफल भित्र मकवानपुर जिल्ला चुरियामाई–३ रातोमाटेमा अवस्थित छ ।

          प्रत्यक्ष रुपमा समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने तथा अपराध रोकथाम नियन्त्रण र सफल अनुसन्धान गर्ने कार्य यस कार्यालयको कार्यक्षेत्र भित्र नपरेतापनि मजकुर प्रहरी प्रधान कार्यालय तथा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाको प्रत्यक्ष मातहतमा रही मजकुर कार्यालयहरुको आदेश तथा निर्देशन अनुरुप समय समयमा यस क्षेत्र तथा अन्य क्षेत्रहरुका बिभिन्न जिल्लाहरुमा समेत थप मद्धतको रुपमा खटिई समाजमा शान्ति सुरक्षा , अमन चयन कायम राख्ने तथा अपराध नियन्त्रण गरी तोकिएको जिम्मेवारी कुशलता पुर्वक सम्पादन गर्न सफल भएको छ ।
       यस गण दरवन्दीका प्रहरी अधिकृत तथा जवानहरु समाजमा शान्ति सुरक्षा कायम राख्ने तथा अपराध नियन्त्रण गर्ने शिलशिलामा हाल चितवन , मकवानपुर , बारा ,पर्सा , रौतहट, सर्लाही ,धनुषा, महोत्तरी लगायतका बिभिन्न जिल्लाहरुमा थपमद्धतको रुपमा कार्यरत रहेका छन ।

पृष्ठभुमि

 

            तत्कालिन श्री ५ को सरकारको मिति २०४६/०४/३२ गतेको निर्णय अनुसार मध्य क्षेत्र सशस्त्र प्रहरी गण नं. ३ मुख्यालय काठमाण्डौंको महाराजगंजमा स्थापना भएको हो । श्री ५ को सरकारको निर्णय बमोजिम मिति २०५४ सालमा जिल्ला बिकाश समितिको कार्यालय मकवानपुरको स्वामित्वमा रहेको भिमफेदी–४ सिमल्टारको सरकारी ठुलो बंगलामा सरेकोे थियो । पछि यस गणको आफ्नै भवन चुरीयामाई गा.बि.स.वडा नं.३ रातोमाटेमा निर्माण भएकोले केहि प्रहरी जनशक्ति भिमफेदीबाट ल्याई  केहि उन्नत तालिमहरु संचालन गरि भिमफेदी र रातोमाटेमा गरि दुई स्थानमा बांडिएर बसेको ।

 

       वि.स.२०६० साल माघ महिनामा मकवानपुर जिल्ला चुरीयामाई–३ रातोमाटेमा रहेको यस कार्यालयलमा तत्कालिन ने.क.पा. माओबादीहरुद्वारा दुई पटक सम्म आक्रमण भएकोे कारणले तत्कालिन अवस्थालाई बिश्लेषण गरी थोरै प्रहरी कर्मचारी चुरीयामाई–३ रातोमाटेमा राख्न उपयुक्त नदेखि मजकुर मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाको निर्देशनले भिमफेदीमा रहेका सबै प्रहरी कर्मचारीहरुलाई मिति २०६०/११/१० गते चुरीयामाई ३ रातोमाटेमा रहेको आफ्नै भवनमा मर्ज गराईएको ।

 

       मिति २०६१/१२/१२ गते राति तत्कालिन ने.क.पा.माओबादीहरु द्धारा पुनः यस कार्यालयमा बम बिष्फोटन तथा आगजनी गरि सम्पध्रर्ण ब्यारेक तथा भवनहरुमा क्षति पु¥याएको । तत्कालीन अवस्था सम्बेदनशिल बन्दै गएको र यस गणका केहि प्रहरी कर्मचारीहरु बिभिन्न जिल्लाहरुमा थप मद्धतको रुपमा खटि गएकोले गण कार्यालयमा कार्यरत प्रहरी जनशक्ति सख्या न्यध्रन भई कार्यालयमा नै बस्न सक्ने अवस्था नरहेकोले तत्काल केहि समयको लागि ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा सारी कार्य संचालन गरिएको । तत् पश्चात मजकुर मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाको मौखिक आदेशानुसार यस कार्यालयलाई पशुपतिनगर मकवानपुरबाट हे.न.पा.११ थानाभर्‍याङ्ग स्थित मजकुर मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाको भवनमा स्थानान्तरण गरिएको ।

 

       जन आन्दोलन २०६२/०६३ पछि राजनैतिक सहमती र सहकार्य संगै देशको शान्ती सुरक्षामा आएको सुधारले गर्दा थाना भ¥याङ्गमा रहेको यस कार्यालयलाई आप्mनै क्षतिग्रस्त भवनमा सार्नको निमित्त क्षति भएको भवनको सामान्य मर्मत तथा सम्भार गर्नको लागि मिति २०६३/०४/१० गते केहि प्रहरी जनशक्ति खटाईएको । मर्मत सम्भार गरि बस्न सकिने अवस्था भई सके पश्चात् मिति २०६४/०१/२६ गते यस कार्यालयलाई मजकुर मध्य क्षेत्र प्रहरी कार्यालय थानाभर्‍याङ्ग हेटौंडाबाट हाल कार्यालय रहेको रातोमाटेको आफ्नै भवनमा पध्रर्ण रुपमा सारिएको । तत् पश्चात् निरन्तर रुपमा आफ्नै भवन रातोमाटेमा रहि मजकुर प्रहरी प्रधान कार्यालय तथा मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाको प्रत्यक्ष मातहतमा रहि मजकुर कार्यालयहरुको नीति निर्देशन तथा तोकिए बमोजिमका आफ्ना कार्यहरु गर्दे आईरहेको छ  ।

कार्य क्षेत्र तथा काम कारवाहीहरु

प्रत्यक्ष रुपमा समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने तथा अपराध रोकथाम,नियन्त्रण र सफल अनुसन्धान गर्ने कार्य यस कार्यालयको कार्यक्षेत्र भित्र नपरेतापनि मजकुर प्रहरी प्रधान कार्यालय तथा मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाको प्रत्यक्ष मातहतमा रहि मजकुर कार्यालयहरुको आदेश तथा निर्देशन अनुरुप समय समयमा  यस क्षेत्र तथा अन्य क्षेत्रहरुका बिभिन्न जिल्लाहरुमा थप मद्धतको रुपमा खटिई समाजमा शान्ति सुरक्षा, अमन चयन कायम राख्ने तथा अपराध नियन्त्रण गर्ने शिलशिलामा व्यापक रुपमा परिचालित भई अहोरात्र खटिई तोकिएको जिम्मेवारी कुसलतापुर्वक सम्पादन गर्न समेत सफल भएको छ ।

         हाल पनि यस गणका प्रहरी अधिकृत तथा जवानहरु थप मद्धतको रुपमा यस मध्य क्षेत्रका चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी लगायतका बिभिन्न जिल्लाहरुमा कार्यरत रहेका छन । थप मद्धतको रुपमा बिभिन्न जिल्लाहरुमा कार्यरत रहि, खटिई समाजमा शान्ति सुरक्षा कायम राख्ने तथा अपराध नियन्त्रण गर्ने शिलशिलामा व्यापक रुपमा परिचालित भइरहेका छन ।

दैबि प्रकोप उद्धार योजना

  • प्र.नि.को कमाण्डमा १ जना प्र.ना.नि.,२ जना प्र.स.नि.,६ जना प्र.ह.र ४१ जना प्र.ज.सहितको ५० जनाको दैबिप्रकोप उद्धार टोली गठन गरी प्रत्येक सामानहरु दुरुस्त हालतमा राखी तत्काल परीचालन गर्न सक्ने अबस्थामा टोली स्टेण्डबाई राखिएको ।
  • बाढी पहिरो,आगलागीमा उद्धार  कार्यकोलागी आवश्यक आबश्यक सामानहरु डोरी,हावा भरेको ट्यध्रव,गैती बेल्चा,गल,सर्च लाईट,बाल्टिन तथा प्राथमिक उपचारका सामानहरु ईत्यादी
  • भिड नियन्त्रणमा आबश्यक सामानहरु ग्यास गन,सर्ट गन,हेल्मेट,बडी प्रोटेक्टर,सिल्ड(ढाल),लाठी,राईट कन्ट्रोल,अश्रुग्यांस हयाण्ड ग्रिनेट (आवश्यकता अनुसार)