संघीय प्रहरी इकाई कार्यालय बाग्मती

कार्यालय प्रमुख : प्र.ब.उ. धिरज प्रताप सिंह

परिचय :

क) नामाकरण  :

राजधानीको उत्तरमा अवस्थित शिवपुरी जलाधार क्षेत्र भित्र रहेको बागद्धार भन्ने स्थानबाट उत्पन्न जल प्रवाह खोलाको रुपमा परिणत भएको र खोलालाई नेवारी भाषामा "मति" भनिने हुँदा सो खोलाको नाम बागमती रहन गएको हो । सोही बागमती नदी यस अञ्चलको बिभिन्न प्रसिद्ध स्थान हुंदै प्रवाहित भएको हुंदा यस अञ्चलको नाम बागमती रहन गएको भन्ने किम्बदन्ती प्रचलित रहेको छ ।

ख) स्थापनाः–

  • तत्कालीन श्री ५ को सरकार (मन्त्री परिषद) को २०४८ कार्तिक १८ को निर्णायानुसार अंञ्चल प्रहरी कार्यालय खारेज गरि क्षेत्रीय प्रहरी ईकाई कार्यालय (क्षे.प्र.ई.का.) कायम ।
  • तत्कालिन श्री ५ को सरकार (मन्त्री परिषद) को २०६२  भदौ १५ को निर्णायानुसार क्षे.प्र.इ.का. लाई अञ्चल प्रहरी कार्यालय (अं.प्र.का.) नामाकरण गरिएको ।
  • २०६२ भदौ १५ गतेको निर्णयानुसार बागमती अंञ्चल प्रहरी कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाममा सार्ने निर्णय भएको ।

कार्य क्षेत्र :

पुर्वमा जनकपुर अञ्चलको दोलखा, सिन्धुली,रामेछाप जिल्ला पश्चिममा गण्डकी अञ्चलको गोर्खा जिल्ला, उत्तरमा चिनको स्वसासित क्षेत्र तिव्वत र दक्षिणमा नारायणी अञ्चलको मकवानपुर चितवन जिल्ला यति चार किल्ला भित्र फैलिएको वागमती अञ्चल तत्काल क्षेत्रिय प्रहरी ईकाई कार्यालयबाट काठमाण्डौ, भक्तपुर, ललितपुर, काभे्रपलाञ्चोक,सिन्धुपाल्चोक, नुवाकोट धादिङ्ग र रसुवा गरी ८ जिल्लाका प्रशासनिक काम कारवाही हेर्दे आएकोमा बि.सं.२०५४ सालमा उपत्यका प्रहरी कार्यालय स्थापना भए पश्चात काठमाण्डौ, ललितपुर,भक्तपुर ३ जिल्ला बाहेकका ५ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालय तथा अञ्चल सशस्त्र प्रहरी गुल्म वागमतीको समेतको रेखदेख नियन्त्रणको जिम्मेवारी बहन गर्ने गरी काभे्रपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा गा.वि.स.वडा नं.१ भैंसेपाटीमा अवस्थित अञ्चल प्रहरी कार्यालय,वागमतीले आफनो दैनिक काम कारवाही सम्हाल्दै आएको छ ।

भौगोलिक तथा सामाजिक अबस्थाः

क्षेत्रफल :  ८५११ बर्ग कि.मि.
जनसंख्या : पुरुष :–६७३०६०     महिला :– ६८८३१८   जम्मा :– १३६१३७८
नदीनाला : ईन्द्रावती, सुनकोशी, त्रिशुली, भोटेकोशी लगायत अन्य ।
लोकमार्ग : अरनिको लोकमार्ग –९६ कि.मि. साँगा देखि कोदारी (काभ्रेपलान्चोक,  सिन्धुपाल्चोक)
    पासाङ्गल्हामु लोकमार्ग  –९१ कि.मि. (नुवाकोट, रसुवा)
    पृथ्वी लोकमार्ग –८० कि.मि.(धादिङ्ग, नागढुङ्गा  – मौवाखोला)
    बि.पि.कोईराला लोकमार्ग रहेको ५१ कि.मि. (धुलिखेलबाट सिन्धुलीको सिमाना)
      त्रिभुवनराजपथ ३५ कि.मि.( नौविसे–टिस्टुङ)          
    जम्मा  – ३५३ कि.मि.।
जात–जाति : जनसंख्याको आधारमा यस अञ्चलमा तामाङ्ग जातिको बाहुल्यता भएतापनि, गुरुङ्ग शेर्पा, ब्राहमण, क्षेत्री,  नेवार, मगर, दलित आदि जातिहरुको बसोबास छ । सबै जातिहरु सदभावकासाथ मिलेर बसेका छन् । 
भाषा : तामाङ्ग, शेर्पा, नेपाली, नेवारी, भाषा प्रचलनमा रहेको छ ।    
धर्म :  बौद्ध धर्मावलम्बी र हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेको पाईन्छ
प्रमुख नाका : सिन्धुपाल्चोक – कोदारी
    प्रमुख स्तम्भ ः–  रसुवा–१७ 
      रसुवा – टिमुरे         सिन्धुपाल्चोक – ४